छुरा प्रहार भएको पाँच दिनपछि सैफ मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    छुरा प्रहार भएको पाँच दिनपछि सैफ मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८१, मंगलवार

    एजेन्सी । बलिउड अभिनेता सैफ अली खान मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। छुरा प्रहार भएको पाँच दिनपछि सैफ मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

    समाचार एजेन्सी एएनआईका अनुसार अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर उनलाई लिन अस्पताल पुगेकी थिइन्। बिहीबार बिहान एक व्यक्तिले बान्द्रामा रहेको सैफ अली खानको घरमा प्रवेश गरी उनलाई धेरैपटक छुरा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो।