दमौली । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने थाइल्याण्ड जाने भएका छन्। स्थानीय तथा क्षेत्रीय सरकारको बैठकमा सहभागी हुन न्यौपाने थाइल्याण्डको बैंकक जान लागेका हुन् ।
आगामी फेब्रुअरी २४ मा हुने आयोजना हुने कार्यक्रममा न्यौपानेले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । कार्यक्रममा स्थानीय र क्षेत्रीय सरकारका नेताहरूले दिगो विकासका विषयमा आफ्ना विचार र अनुभव प्रस्तुत गर्नेछन्।
नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकाको सफलताको कथाहरू, जस्तै फोहोर व्यवस्थापन प्रणाली, आर्थिक गतिविधिको प्रवर्द्धन, र दिगो विकासका प्रयासहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछन्।
व्यास नगरपालिकाको यो सहभागिताले नगरपालिकाको पहिचानलाई विश्व मञ्चमा प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्यहरूमा स्थानीय सरकारको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको दावी गरिएको छ ।