दमौली । तनहुँमा डोरी तान संघ गठन गरिएको छ। शुक्रबार भएको भेलाले कृष्ण बरालको अध्यक्षतामा संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा नरबहादुर थापा, सचिवमा जगन्नाथ थापा, कोषाध्यक्षमा महेश श्रेष्ठ, उपसचिवमा इन्दिरा खड्का र सदस्यहरुमा सन्तोष कंडेल, आशिष श्रेष्ठ, परशुराम ढुंगाना, ममता राना, अर्जुन पौडेल चयन भएका छन् । चार सदस्य पछि मनोनित गरिने जनाइएको छ।
त्यस्तै सल्लाहकारहरुमा अमित कैनी, इमान थापा, भिम घले, सन्तोष श्रेष्ठ र राजु खड्की चयन भएका छन् ।