राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८१, शनिबार

    दमौली । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण विके चयन भएका छन् । बन्दीपुरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट विकेको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्षमा लक्ष्मी सुनार(गोरखा), सचिवमा रामशरण नेपाली (कास्की), कोषाध्यक्षमा टोप बहादुर बिक(कास्की), सह सचिबमा अर्जुन हिताङ्ग(पर्वत), सदस्यहरुमा लक्ष्मण विक (पर्वत), पुर्णिमा परियार (स्याङ्जा), श्याम शितल परियार(लम्जुङ्ग), अमृत बिक (गोरखा), किरण गोतामे(नवलपुर), विमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), सरस्वती ल्वागुन (मुस्ताङ्ग) चयन भएका छन् ।