एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८१, शुक्रबार

    काठमाडौ । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी हुन् ।

    चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले  सामाजिक सञ्जाल तातिरहेको थियो । 

    गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धूमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।​