अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८१, मंगलवार

    काठमाडौं । नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम वितरण प्रक्रिया सुरु गरेको छ । मङ्गलबार आफ्नो २१औं वार्षिक उत्सवको अवसरमा कम्पनीले मोबाइल एप र वेबसाइटबाट ई-सिम लिन सकिने व्यवस्था गरेको हो ।

    यसअघि ई-सिम लिनका लागि टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने सोझै नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट ई-सिम सक्रिय गर्न सकिनेछ । यस्तो छ ई-सिम लिन सकिने प्रक्रिया:

    मोबाइल एप डाउनलोड गरिसक्नु भएको छ भने यसरी लिनुहोस्

    • सबैभन्दा पहिले नेपाल टेलिकमको मोबाइल एप खोल्नुहोस् । (यो पहिले नै एप डाउनलोड गरिसकेकाहरूको हकमा लागु हुन्छ । यदि एप डाउनलोड गर्नु भएको छैन भने तपाईंका लागि तल अर्को प्रक्रिया छ ।)
    • याद गर्नुहोस्, तपाईंको सिममा न्यूनतम ब्यालेन्स भने ५० रुपैयाँ हुनुपर्छ ।
    • त्यसपछि होमपेजमा देखिएको ई-सिमको अप्सनमा जानुहोस् । 

    यति गरेपछि तपाईं ई-सिमका लागि टेलिकमले तयार पारेको वेबसाइटमा पुग्न सकिन्छ । यदि सोझै उक्त वेबसाइटमा जान चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्:

    • अनि मोबाइल नम्बर लेखेको बक्समा ई-सिममा रुपान्तरण गर्नुपर्ने मोबाइल नम्बर राख्नुहोस् । 
    • र, सेन्ड ओटीपीको बटनमा क्लिक गर्नुहोस् । 
    • यति गरेपछि तपाईंको मेसेजमा ओटीपी कोड आउँछ । अनि ‘इन्टर सिक्स डिजिट कोड’ (Enter 6-digit code) लेखेको बक्समा ओटीपी कोड राख्नुहोस् । 
    • त्यसपछि नयाँ पेज खुल्छ । उक्त पेजको दोस्रो अप्सनमा नागरिकता नम्बर राख्न भएको हुन्छ । तपाईंले सिम जुन नागरिकताबाट निकाल्नु भएको हो, त्यही नागरिकताको नम्बर टाइप गर्नुहोस् ।
    • र, अन्तिमको बक्समा नागरिकता जारी भएको जिल्ला छान्नुहोस् ।
    • यति गरेपछि अन्तिममा रहेको ‘भेरिफाई माई डिटेल्स’ (Verify My Details) को अप्सनमा ट्याप गर्नुहोस् । 
    • यति गरेपछि सबै विवरण ठीक छ भने टेलिकमले उक्त पेजमा क्यूआर कोड पठाइदिन्छ । तपाईंले ई-सिम सपोर्ट गर्ने डिभाइसबाट क्यूआर कोड स्क्यान गर्नुभयो भने ई-सिम एक्टिभेट हुन्छ र तपाईंको भौतिक सिम डिएक्टिभेट हुन्छ ।