दमौली । नेकपा (एमाले) निकट अनेरास्ववियु तनहुँको आयोजक कमिटी गठन गरिएको छ । अनेरास्ववियु तनहुँको २६ औ अधिवेशनका लागि आयोजक कमिटि गठन गरिएको हो ।
मंगलबार बसेको बैठकले आयोजक कमिटीको संयोजकको जिम्मेवारी विशाल ढकाल र सहसंयोजकको जिम्मेवारी मनोज बानियॉलाई दिएको छ ।
बैठकले अनेरास्ववियु तनहुँको विस्तारित भेला र कार्यशाला गोष्ठि आगामी फागुन १६ र १७ गते दमौलीमा गर्ने निर्णय गरेको छ ।