दमौली । तनहुँको पर्यटकीयको स्थलको प्रवद्धनका लागि आगामी फागुन ३ गते शनिबार दमौली स्थित सभाहलमा बहस अन्तरक्रिया र बहस हुने भएको छ । एभिन्युज टिभीको आयोजना, तनहुँ उद्योग वाणिज्य संघ, रिस्ति विकास समाजको सहकार्यमा बहस गर्न लागिएको हो ।
तनहुँ पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएको ठाउँ भएपनि न्यून प्रयासका कारण यस ठाउँ ओझेलमा परेकाले बहस कार्यक्रम गरिएको जनाइएको छ।
तनहुँमा स्वदेश तथा विदेशमा चर्चा कमाएका पर्यटकीय स्थलहरु भएकाले यहाँको समृद्धिको मुख्य आधार पर्यटकीय स्थल भएकोले उजागरको लागि कार्यक्रम आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।
चार वेद अठार पुराणको रचयिता व्यासको जन्मभूमी, हिन्दुहरुको आस्थाको केन्द्र देवघाटधाम स्वदेशमा मात्रै नभई बिदेशमा समेत चर्चा कमाएको स्थान तनहुँ भएको उल्लेख गर्दै मिश्रले छाब्दी वाराही, ढोरवाराही, आँधीमूल, अकला, थानिको थान लगायतका धार्मिक पर्यटकीय स्थलहरु भएकोले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल, घाँसीकुवा, सुन्दर पहाडहरु, बन्दीपुर, छिम्केश्वरी, मिलुङकोट, मानहुँकोट, तनहुँसुर भुजिकोट, ऋषिङकोट, कर्लुङकोट, सहिदको गाउँ पुलिमर्याङ, धार्मिक महत्व बोकेको पवित्र नदीहरु कालीगण्डकी, त्रिशुली, सेती, मादी, मस्र्याङ्दी भएकाले प्रचुर सम्भावना भएपनि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउनको पहल कम भएकोले बहसको कार्यक्रम
गरिएको उनको भनाई छ।
रिस्ती विकास समाज तनहुँका अध्यक्ष नविन पौडेलले बहसको माध्यमबाट राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डलाई पर्यटन प्रर्बद्धनको लागि बजेट विनियोजनको लागि ध्यानाकर्षण गराउन कार्यक्रमले टेवा पुग्ने पुग्ने बताए ।