कांग्रेस महामन्त्री विश्वप्रकाशले भ्यालेन्टाइन्स डेको अवसरमा ल्याए नयाँ गीत ‘मन त्यतै कतै’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस महामन्त्री विश्वप्रकाशले भ्यालेन्टाइन्स डेको अवसरमा ल्याए नयाँ गीत ‘मन त्यतै कतै’

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८१, शुक्रबार

    काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् ।  प्रेमभाव समेटिएको गीतमा शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ । 

    गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् । गत वैशाख अन्त्यमा रेकड भएको हो ।  

    संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् ।  शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् ।