पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०८१, बिहीबार

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भेटघाट गर्न आउनेहरुको संख्या धेरै हुन थालेपछि त्यसबाट जोगाउन उनलाई डिस्चार्ज गर्न लागिएको हो ।

    घाटी र हातको घाउ दैनिक रुपमा ड्रेसिङ गर्नुपर्छ, भेटघाट बढी हुँदा ईन्फेक्शनको डर भएकाले अस्पतालले गोप्य ठाउमा बस्न सुझाउदै आजै डिस्चार्ज गरेकाे हाे- मेयर आचार्यले भने ।

    सुगरका कारण उनको घाउ सन्चो हुन समय लागिरहेको छ । सुगर भएका मानिसको घाउ संक्रमण हुने खतरा धेरै हुन्छ । धेरै भेटघाटले संक्रमणको खतरा बढाउछ । आचार्य अझै कम्तिमा हप्ता दिन काठमाण्डु मै रहेर उपचार जारी राख्नेछन् । 

    पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन समारोहमा बेलुन पड्कदा मेयर आचार्य र संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल घाईते भएका थिए । पौडेल यसअघि नै डिस्चार्ज भैसकेका छन् ।