लेबनानलाई हराएसँगै नेपाल लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लेबनानलाई हराएसँगै नेपाल लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०८१, बिहीबार

    काठमाडौ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो।

    अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि फाइनलमा स्थान बनायो। नेपालसँगै म्यानमार पनि फाइनलमा पुग्यो। आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।

    म्यानमारले यसअघि पहिलो खेलमा लेबनानलाई ३-१ गोल तथा बिहीबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई ५-० गोलले हराएको थियो।

    नेपालका लागि साम्बाले पहिलो हाफमा गोल गर्न सफल भइन्। उनले ४२ मिनेटमा डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार लेबनानकी डिफेन्डरको खुट्टामा लागेर जाली चुमेको थियो।

    खेलको नवौं मिनेटमा लेबनानको डरलाग्दो आक्रमणलाई नेपालकी गोलकिपर तथा एन्जिला तुम्बापो सुब्बाले विफल पारिन्। उनले लेबनानकी क्रिस्टी महालुफको प्रहारलाई पञ्च गर्दै क्रसबारमाथि पठाएकी थिइन्।

    लगत्तै नेपालकी विमला चौधरी पनि गोल गर्न असफल भइन्। उनले डिबक्सबाट हानेको प्रहार आकासियो।