मुग्लिनमा माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिनमा माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८१, मंगलवार

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    सोमवार बेलुका ६ः३५ बजेको समयमा काठमाडौंबाट बेशिसहरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नम्बरको माईक्रोले स्थानीय ६५ वर्षीय सुकमाया गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी गुरुङलाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेज ल्याइएको थियो ।

    सोमवार बेलुका ७ः५५ बजे चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

    प्रहरीले माईक्रो र चालक लम्जुङ बेशिशहर नगरपालिका–६ बस्ने वर्ष २२ को सुरज रावतलाई नियन्त्रणमा लिएको छ ।