मियामीको जितमा मेसी र स्वारेजको गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मियामीको जितमा मेसी र स्वारेजको गोल

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०८१, बुधबार

    काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र उरुग्वेका फरवार्ड लुईस स्वारेजको गोलप्रेरित इन्टर मियामीले स्पोर्टिङ केसीविरुद्ध ३–१ को जित निकाल्दै कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम–१६ मा प्रवेश गरेको छ । 

    बुधबार बिहान भएको प्रतियोगिताको दोस्रो लेगमा मियामीलाई जित दिलाउन मेसी र स्वारेजसँगै टाडेओ एलेन्डेले गोल गरे । चेज रंगशालामा पाहुना टिमका मेमो रोड्रिगेजले एक गोल फर्काएका थिए ।

    खेलको १९औँ मिनेटमा मेसीको गोलबाट मियामीले अग्रता बनाएको थियो । पहिलो हाफ इन्जुरी समयको पहिलो मिनेटमा एलेन्डेले गोल गरेपछि मियामीले अग्रता दोब्बर बनायो । यस्तै, पहिलो हाफ इन्जुरी समयको तेस्रो मिनेटमा स्वारेजले गोल गरेपछि मियामीले ३–० को अग्रता बनाएको थियो । 

    ६३औँ मिनेटमा रोड्रिगेजले गोल फर्काए पनि स्पोर्टिङ केसीको हार टार्न सकेनन् ।

    यसअघि पहिलो लेगमा मियामीले स्पोर्टिङ केसीविरुद्ध १–० को जित निकालेको थियो ।

    मियामीले अब प्रतियोगिताको क्वार्टरफाइनल प्रवेशका निम्ति काभालियरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।