फाइनलमा फेरि चुक्यो नेपाल, म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फाइनलमा फेरि चुक्यो नेपाल, म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०८१, बुधबार

    काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ । घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ ।

    १५ वर्षको अवधिमा १३औं फाइनल खेल खेलेको नेपाल म्यानमारसँग २–० गोलले पराजित हुन पुग्यो ।

    १३औं फाइनल खेलेको नेपालले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए ।

    त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा नेपाल फेरि एकपटक उपविजेतामा सिमित हुन पुग्यो ।

    नेपालले धेरै पटक गोल गर्ने अवसर पाए पनि गोल निकाल्न सकेन । फिनिसिङमा चुक्दा नेपालले कुनै पनि गोल गर्न सकेन । योसँगै पछिल्लो एक वर्षमा नेपाल तेस्रो पटक फाइनलमा असफल भएको छ ।