रमजानले आपसी सद्भाव विकास गर्ने पूर्वमन्त्री श्रेष्ठको विश्वास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रमजानले आपसी सद्भाव विकास गर्ने पूर्वमन्त्री श्रेष्ठको विश्वास

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८१, आईतवार

    दमौली । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले रमजान पर्वले आपसी सदभाव विकास गर्ने बताएका छन् ।

    इस्लाम धर्मावलम्बीको महान् पर्व रमजानको अवसरमा आइतबार शुभकामना सन्देश व्यक्त गर्दै श्रेष्ठले यो पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव, मित्रता एवं धार्मिक सहिष्णुता थप प्रगाढ बनाउन र समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार पार्न बल प्रदान गर्न उत्प्रेरित गरोस भनेका छन् ।

    उनले भने, ‘इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व सोम, रोजा, उपवास राख्ने रमाजान महिना आजबाट सुरु भएको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाई, दिदीबहिनी एवं सबै मान्यजनहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना (मुबारकवाद) व्यक्त गर्दछु ।’