सिमलटारबाट तास खेलिरहेका आठ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिमलटारबाट तास खेलिरहेका आठ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८१, आईतवार

    दमौली । व्यास नगरपालिका-४ सिमलटारस्थित एक घरमा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

    प्रहरीले शुक्रबार घरबेटी सहित आठ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रुपैया, २ हजार २ सय ५० भारतीय रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।