आज दिउँसो तीन घण्टा दमौली र छाब्दी फिडरका विद्युत आपूर्ति बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आज दिउँसो तीन घण्टा दमौली र छाब्दी फिडरका विद्युत आपूर्ति बन्द हुने

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८१, मंगलवार

    दमौली । मंगलबार दिउँसो तीन घण्टा दमौली र छाब्दी फिडरका विद्युत आपूर्ति बन्द हुने भएको छ । व्यास नगरपालिका-४ भोर्लेटारचोरमा छाब्दी र दमौली फिडरको सडक किनारको ११ केभी लाइनको पोल सार्नका लागि दिउँसो २ बजेदेखि ५ बजेसम्म उक्त फिडरबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    समयमै कार्य सम्पन्न भएमा सो समय अगावै विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।