काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गर्न मन भए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
शनिबार बिहान रौतहटको गरुडामा उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका हुन् । अध्यक्ष प्रचण्डले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको बताए ।
‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन । यदि पूर्वराजा ज्ञानेन्द्रलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ उनले भने ।