दमौलीदेखि छाब्दीसम्म रोटरीको ‘वाक फर हेल्थ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीदेखि छाब्दीसम्म रोटरीको ‘वाक फर हेल्थ’

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८१, शनिबार

    दमाैली । सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लव अफ दमौलीले शनिबार ‘वाक फर हेल्थ’ आयोजना गरेको छ । सदरमुकाम दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीसम्म क्लवले हिँड्ने कार्यक्रम सञ्चालन गरेको हो ।

    व्यास नगरपालिका–२ दमौलीदेखि व्यास नगरपालिका–१४ स्थित छाब्दीस्थित छाङ्दी झरनासम्मको ९ किलोमिटर दूरी हिँड्ने कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो ।

    आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने सचेतनाका लागि क्लवले विगत वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको क्लवका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए। उनले भने, “प्रत्येक वर्ष नयाँ ठाउँमा यस्ता कार्यक्रम गर्छौ, यसले सम्बन्धित ठाउँको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्नेछ ।”

    छाब्दी नजिक रहेको छाङ्गा बाराही झरना पुग्ने जो कसैलाई लोभ्याउने गर्दछ । सदरमुकाम दमौली हुँदै पुगिने प्रसिद्ध छाब्दी वाराही मन्दिरबाट केही बेरको पैदलयात्रा पछि पुगिने यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा छ । छाब्दी वाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि २५÷३० मिनेटको दूरीमा यो झरना छ । केही उकालो र केही समथल बाटोको यात्रा गरेपछिको थकान झरनामा पुगेपछि मेटिन्छ ।