मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ५२ वर्षीय बालकृष्ण पौडेल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । मृतक नेपाली काङ्ग्रेस जिल्ला सदस्य थिए ।

    पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल नर्सरीमा अनियन्त्रित भई दुर्घटना हुँदा घाइते पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले बताए ।