सभ्य रुपमा होली पर्व मनाउन तनहुँ प्रहरीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभ्य रुपमा होली पर्व मनाउन तनहुँ प्रहरीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले सभ्य र मर्यादित रुपमा होली पर्व मनाउन आग्रह गरेको छ।

    होली खेल्ने बहानामा कसैलाई ईच्छा विपरीत रंग दल्ने, पानी छ्याप्ने, लोला हान्ने जस्ता गतिविधि नगर्न कार्यालयले अनुरोध गरेको हो।

    मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सवारी क्षमता भन्दा बढी यात्रु सवार नगराउन, कानुन विपरीत तथा अमर्यादित कामहरु नगर्न आग्रह गरिएको छ ।