दमौली । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिन सरकारले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स. वडा नं. ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
अद्वैत संस्थासँग जोडिएको जग्गामा वडा कार्यालयको भवन निर्माण हुने वडाध्यक्ष अनुप रानालो जानकारी दिए । हाल वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।