तनहुँको सबैभन्दो अग्लो स्थान छिम्केश्वरीमा पत्रकार महासङ्घको बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको सबैभन्दो अग्लो स्थान छिम्केश्वरीमा पत्रकार महासङ्घको बैठक

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८१, बिहीबार

    दमाैली । तनहुँको सबैभन्दो अग्लो स्थान छिम्केश्वरीमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक बसेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा बिहीबार शाखाको बैठक बसेको हो ।

    जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित महासङ्घले घुम्ती बैठक आयोजना गर्ने निर्णय बमोजिम फागुपूर्णिमाको अवसर पारी छिम्केश्वरीमा शाखाको बैठक सम्पन्न भएको छ ।

    बैठकले छिम्केश्वरी र बुढीमाइको सञ्चारमाध्यमबाट प्रचारप्रसार र प्रबद्र्धन गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ । छिम्केश्वरीको पछिल्लो समयमा प्रचारप्रसार भएपनि मनकामनाको जेठी दिदीको रुपमा मानिने बुढीमाई ओझेलमा रहेकाले यसको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सहयोग गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको शाखाका सचिव कृष्ण न्याैपानेले जानकारी दिए ।

    शाखा अध्यक्ष डिपी अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्लास्थित सबै सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी बैठक भानुको पर्यटकीय गाउँमा बस्ने निर्णय बैठकले गरेको छ ।