दमौली, १ चैत । चैत २ गते शनिबार दमौली लगायत आसपासका क्षेत्रमा सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
दमौली सवस्टेशनमा सव स्टेसन अटोमेशन आयोजनाबाट इन्कमर बुसबारमा अटोमेशनको सामान जडान गर्न बिहान ९:३० बजेदेखि ४:३० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।
दमौली सव स्टेशनको सोती फिडर, तनहुँसुर फिडर, दमौली फिडर, छाब्दी फिडर, थर्पु फिडरबाट विद्युत सप्लाई हुने सम्पूर्ण क्षेत्रहरूमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।