भानुमतिमा नेतृत्व विकास तालिम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भानुमतिमा नेतृत्व विकास तालिम सुरु

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८१, सोमबार

    दमौली । भीमाद नगरपालिकाको भानुमतिमा नेतृत्व विकास तथा महिला लक्षित सीप विकास तालिम सुरु भएको छ । भीमाद नगरपालिका वडा नम्बर ९ को कार्यालयको आयोजनामा तालिम सुरु भएको हो ।

    तालिमको नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाले उद्घाटन गरे ।  भीमाद-९ का पूर्वाध्यक्ष थापाले जीवनमा आइपर्ने चुनौति सामना गर्न नेतृत्व विकास अपरिहार्य रहेको बताए । समाजका देखिएका समस्या समाधानका लागि पनि आँट गर्नुपर्ने उनको भनाइ छ । `समाज विकासमा आफ्नो क्षमता सकारात्मक रुपमा देखाउन सकिन्´, उनले भने ।

    वडाध्यक्ष रनबहादुर थापाले सिकाईलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । सिकाईका लागि धैर्यता र इमानदारिता आवश्यक पर्ने बताए ।

    कार्यपालिका सदस्य ओमकुमारी थापाले विकासका लागि सुरुमा व्यक्तिकै क्षमता विकास हुनुपर्ने बताइन् । व्यक्तिको नेतृत्व क्षमताबिना विकास अधुरो हुने उनको भनाइ छ । `बाटोघाटो, भवन मात्रै विकास होइन रहेछ´, उनले भनिन ।

    वडा सदस्य शिवकुमार आलेले सामुदायिक हितका लागि नेतृत्व विकास अपरिहार्य रहने बताए । महिला शसक्तिकरण समाज विकासको जग भएको उनको भनाइ थियो ।
    वडाध्यक्ष रनबहादुर थापाको  अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव रमेश गुरुङले गरेका थिए । 
    सात दिनसम्म चल्ने तालिममा ३० जनाको सहभागिता रहेको छ । सहभागीलाई तनहुँ खबरका कार्यकारी सम्पादक विनोद ढुंगानाले सहजीकरण गर्नेछन् ।

    तालिममा भाषणकला, उद्घोषणकला, माइनुट लेखन, बैठक सन्चालन र व्यवस्थापन, नेतृत्व विकास, सामाजिक सन्जालको सदुपयोग बारेमा सहजीकरण हुनेछ ।