तनहुँका चार क्याम्पसमा आज स्ववियु निर्वाचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका चार क्याम्पसमा आज स्ववियु निर्वाचन

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८१, मंगलवार

    दमौली, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत तनहुँका चार क्याम्पसमा आज मंगलबार मतदान हुँदैछ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस, ऑबुखैरेनीस्थित ऑबुखैरेनी क्याम्पस, बेलचौतारास्थित भानुभक्त क्याम्पस र भिमादस्थित जनज्योति क्याम्पसमा मतदान हुन लागेको हो ।

    दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका संगठनले निर्वाचन बहिष्कार गरेका छन् । अनेरास्ववियुले निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।