च्याउ खाँदा बिरामी थप एक जनाको मृत्यु, मृतक दुई पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    च्याउ खाँदा बिरामी थप एक जनाको मृत्यु, मृतक दुई पुगे

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८१, बिहीबार

    दमौली, ७ चैत । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या दुई पुगेको छ ।

    च्याउ खाएर बिरामी भएका व्यास नगरपालिका–६ का चार वर्षीय सुमित पुलामीको उपचारका क्रममा काठमाडौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । यसअघि गत सोमबार ३० वर्षीय नारायण मगरको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो ।

    बारीमा उम्रिएको च्याउ पकाएर खाँदा गत शुक्रबार दश जना बिरामी परेका थिए ।