महिला उद्यमी संघद्वारा वित्तीय साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी संघद्वारा वित्तीय साक्षरता

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८१, शनिबार

    दमौली, ९ चैत । महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा शनिबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा आयोजित कार्यक्रम नबिल बैंक लिमिटेड दमौली शाखाको सहयोगमा गरिएको हो ।

    ‘ग्लोवल मनि विक’ इन्तर्गत गरिएको कार्यक्रममा बैंकका शाखा प्रवन्धक नारायण भट्टले कार्यक्रमका बारेमा जानकारी दिदै आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयका बारेमा सहजीकरण गरेका थिए भने प्रविधिको विकासले वित्तीय क्षेत्रलाई दिएको फाइदा र चुनौतीका बारेमा पनि जानकारी गराएका थिए।

    भट्टले प्रविधिको प्रयोग गर्न नजान्दा आइपर्ने कठिनाइहरू र कठिनाइको समाधान गर्ने उपायहरूको बारेमा जानकारी गराएका थिए।  

    कार्यक्रममा महिला उद्यमी संघ तनहुँकी सल्लाहकार राधिका परियार, बाँसदेखि वडा सदस्य साना रफत मिया, पत्रकार अन्जना तिमल्सेना, गैर स स महासंघ तनहुँकी अध्यक्ष सरला श्रेष्ठ, वडा महिला समन्वय समिति व्यास ३ का अध्यक्ष शर्मिला ओझा, पवित्रा खनाल, सुष्मा पिया श्रेष्ठ, रसिला ताम्राकार आशा बानिया सरु श्रेष्ठ लगायतले जिज्ञासा राखेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध ६०  जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो।