नेपाल शिक्षक महासंघ तनहुँकाे अध्यक्षमा काेइराला, सचिवमा आचार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल शिक्षक महासंघ तनहुँकाे अध्यक्षमा काेइराला, सचिवमा आचार्य

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८१, शनिबार

    दमाैली, ९ चैत । नेपाल शिक्षक महासंघ तनहुँकाे अध्यक्षमा चन्द्रमणि काेइराला चयन भएका छन् । शनिबार दमाैलीमा भएकाे घाेषणासभाले काेइरालालाई महासंघकाे अध्यक्षमा चयन गरेकाे हाे ।

    काेइराला व्यास नगरपालिका-१० शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

    महासंघका निवर्तमान अध्यक्ष रामचन्द्र पाेख्रेलकाे कार्यकाल सकिएसँगै शिक्षक महासंघमा नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा चयन भएका काेइराला नेपाल शिक्षक संघ निकट हुन् ।

    यस्तै महासंघको सहअध्यक्षमा आइपी ढकाल चयन भएका छन् ।

    महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट उपाध्यक्षमा राजेन्द्र भन्डारी, सचिवमा विजय आचार्य चयन भएका छन् । यस्तै सहसचिवमा नेपाल शिक्षक संघबाट रामदत्त पौडेल चयन भएका छन् ।