चैतकाे दाेस्राे मङ्गलबार थानीमाइमा फूलकाे डाेली भित्रिएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चैतकाे दाेस्राे मङ्गलबार थानीमाइमा फूलकाे डाेली भित्रिएन

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमाैली, १२ चैत । तनहुँकाे भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा चैतकाे दाेस्राे मङ्गलबार फूलकाे डाेली भित्रिएन । दाेस्राे मङ्गलबार एकादशी परेका कारण मन्दिरमा फूलकाे डाेली नभित्रिएकाे हाे । त्यस्तै चैतकाे पहिलाे मङ्गलबार पनि मन्दिरमा फूलकाे डाेली भित्रिएकाे थिएन ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।