तनहुँ कांग्रेसको बैठकमा जिल्ला सदस्य अधिकारीले उठाए वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कांग्रेसको बैठकमा जिल्ला सदस्य अधिकारीले उठाए वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमाैली, १२ चैत । राष्ट्रिय रुपमा वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठिरहेका बेला तनहुँ कांग्रेस भित्र समेत वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठेको छ । नेपाली कांग्रेस तनहुँको मंगलबार बसेको बैठकमा कांग्रेस जिल्ला सदस्य डम्बर अधिकारीले वैदिक सनातन हिन्दू राष्ट्र स्थापना र प्रदेश संरचना खारेजीको एजेण्डा उठाएका हुन् ।

    यी दुवै विषयलाई जिल्ला सम्मेलनको प्रतिवेदनमा पेश गर्नुपर्ने जिल्ला सदस्य अधिकारीको माग रहेको थियो । अधिकारीले उठान गरेको विषयप्रति सभापति जीतप्रकाश आलेले वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषय जिल्ला तहबाट भन्दा केन्द्र तहबाट उठेको खण्डमा सार्थकता पाउने भन्दै तर्किन पुगेका थिए ।

    वैदिक सनातन हिन्दू राष्ट्र स्थापना र प्रदेश संरचना खारेजीको विषयमा जिल्ला सदस्य अधिकारीले जिल्ला सम्मेलनमा समेत उठान गर्ने तयारी गरिरहेका छन् ।