व्यासका सबै वडामा अन्तरघुलन कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका सबै वडामा अन्तरघुलन कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमौली, १२ चैत । व्यास नगर पालिकाका १४ वटै वडामा अन्तरघुलन कार्यक्रम सम्पन्न भएको छ। नगर दलित समन्वय समितिको आयोजनामा दलित र गैरबीचको जातीय छुवाछुत अन्त्यका लागि १४ वटै वडामा अन्तरघुलन कार्यक्रम सम्पन्न गरिएको हो।

    फागुन २० बाट सुरु भएको अन्तरघुलन कार्यक्रममा दलित र गैरदलित समुदायका ६ सय ४४ जनाको सहभागिता रहेको थियो। विभिन्न चरणमा सञ्चालित अन्तरघुलन कार्यक्रम चैत ११ गतेसम्म चलेको थियो।

    कार्यक्रममा अन्तर जातीय विवाह दलित परिवारसँग गरिएको विवाहलाई समाज एवं परिवारले स्वीकार गर्न अझै पनि नसकेको, भोज भतेरमा दलित समुदायका व्यक्तिलाई अन्याय र विभेदपूर्ण ढंगले छुट्टै भान्सा गर्ने काम कायमै रहेको, दलित वर्गलाई विभिन्न चाडपर्व भोजभतेरको निम्तोमा समेत नबोलाउने चलन सहर बजारमा हटे पनि ग्रामीण क्षेत्रमा कायमै रहेको, सार्वजनिक ठाउँमा पनि पुजा पाठ टिका लगाउँदा प्रसाद वितरणमा पनि विभेदपूर्ण व्यवहार देखिएको लगायतको गुनासो राखेका थिए।

    कार्यक्रममा व्यास नगर दलित समन्वय समितिका संयोजक एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले छुवाछुत र विभेद गरेमा कानुनमा व्यवस्था गरिएको दण्ड सजायको बारेमा र दलितहरुको ऐतिहासिक र हालको अवस्थाको कार्यपालिका सदस्यहरू रनासिं नेपाली र चन्द्रमाया परियारले प्रशिक्षण दिएका थिए।

    कार्यक्रममा सहभागी दलित एवं गैरदलितहरूले छुवाछुत सुन्दर र स्वस्थ समाजको समस्या भएको हुँदा यसको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए।