तनहुँका सानेबहादुर नेपालीलाई क्रियाशील पत्रकारिता पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सानेबहादुर नेपालीलाई क्रियाशील पत्रकारिता पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८१, शनिबार

    दमौली, १६ चैत। तनहुँका पत्रकार सानेबहादुर नेपाली क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा शनिबार नेपालीलाई पुरस्कार प्रदान गरिएको हो ।

    नेपालीलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे । नगद पाँच हजार रुपैयाँको साथमा सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।

    क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक प्रदेशका एक जना प्रेस सेन्टरकर्मीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टर तनहुँ पूर्वअध्यक्ष नेपाली राष्ट्रिय समाचार समितिमा तनहुँबाट रिपोर्टिङ गर्छन् । हाल उनी प्रेस सेन्टर गण्डकीको सचिव पदमा कार्यरत छन् । उनी जनचाहना डटकममासमेत आबद्ध छन् ।