दमौली, २० चैत । दाताले दान दिएको जग्गामा व्यास-१ स्थित नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समूहको भवन निर्माण गरी उदघाटन गरिएको छ ।सो भवनको बुधबार जग्गादाता गंगाकुमारी हडखलेले उदघाटन गरिन्।
विसं २०५५ सालमा स्थापित आमा समूह तथा २०६३ सालमा स्थापित टोल विकास संस्थाको भवनकी लागि हडखले तथा छोरा हरि हडखलेले आमा समूहलाई करिब रु २५ लाख बराबरको जग्गा दान दिएका थिए ।
सो जग्गामा हाल रु २२ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि व्यास नगरपालिकाबाट रु चार लाख ६३ हजार, सांसद डा. स्वर्णिम वाग्लेबाट रु एक लाख, टोल विकास संस्थाबाट रु तीन लाख सहयोग भएको थियो ।
बॉकी रकम आमा समुहको कोष, विभिन्न व्यक्तिबाट सहयोग जुटाइएको आमा समुहका कानुनी सल्लाहकार अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिए ।
आमा समूहका अध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माणमा जग्गा, नगद सहयोग गर्ने सहयोगदाताहरुलाइ सम्मान गरिएको थियो ।