आँबुखैरेनीमा कक्षा ८ को उत्तीर्ण प्रतिशत ७६ प्रतिशत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा कक्षा ८ को उत्तीर्ण प्रतिशत ७६ प्रतिशत

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८१, बुधबार

    दमाैली, २० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित विद्यालयको कक्षा ८ को परीक्षामा ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाले चैत ८ गतेदेखि १५ गतेसम्म सञ्चालन गरेको आधारभूत तह (कक्षा ८) को परीक्षामा ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    गाउँपालिकाले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार पाँच सय आठ विद्यार्थी परीक्षामा सहभागी रहेकामा तीन सय ९१ जना उत्तीर्ण भएका छन् ।

    सार्वजनिक नतिजाले शैक्षिक सुधारको पाइलामा आधारभूत तह परीक्षाले हौसला थपेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

    May be an image of text
    May be an image of text