दमौली, २१ चैत । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको अध्यक्षमा विर्सना श्रेष्ठ चयन भएकी छन् । संस्थाको दोस्रो अधिवेशनबाट वर्ष २०२५/२६ का लागि अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् ।
बुधबार खैरेनीटारमा सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा जेशिला थापा, द्वितीय उपाध्यक्षमा निर्मला अधिकारी, तृतीय उपाध्यक्षमा लालु माया आले, सचिवमा रजनी थापा, कोषाध्यक्षमा मार्टिना कुमाल, सह–सचिवमा महादेवी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा कमला बोहोरा, विजय कुमारी श्रेष्ठ, गिता परियार, विष्णु थापा श्रेष्ठ, कल्पना श्रेष्ठ, इश्वरी श्रेष्ठ, पार्वती श्रेष्ठ, निर्मला श्रेष्ठ, रिता अधिकारी, शोभा श्रेष्ठ, याम कुमारी भुजेल, समिता थापा, मिना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सिता कुमारी शाही चयन भएका छन् ।