वेसीशहर जाँदै गरेकाे यात्रुवाहक बस भानुमा पल्टिदा २० जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वेसीशहर जाँदै गरेकाे यात्रुवाहक बस भानुमा पल्टिदा २० जना घाइते

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८१, शुक्रबार

    दमाैली, २२ चैत । डुम्रे बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१ अंधेरीमा आज साँझ ४ः३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

    नारायणगढबाट बेसीशहर जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । दुर्घटनापश्चात् बस चालक फरार रहेको उनले बताए ।

    बस सडकबाट बायाँसाइडमा पल्टिएको थियो । दुर्घटनाका घाइतेहरुको नेपाली सेनाको रुरु भैरवदल गण, मनकामना सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय भानुका प्रहरीहरुले उद्धार गरेका थिए ।