दमौली, २३ चैत । तनहुँको भिमाद नगरपालिका- ५ मा प्रदेश सरकार र भिमाद नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको मिछुर्लुङ बहुउदेश्यीय सामुदायिक भवन र मिछुर्लुङ सेमिनार हलको शनिबार उदघाटन गरिएको छ ।
बहुउदेश्यीय भवनको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्यीय जीतप्रकाश आलेले उदघाटन गरे ।मिछुर्लुङ सेमिनार हलको भिमाद-५ का वडा अध्यक्ष पदम बहादुर थापाले उदघाटन गरे ।
मिछुर्लुङ बहुउद्धेश्यीय भवनमा ईनडोर खेल व्याटमिन खेल खेल्न मिल्ने, सभा तथा पाटी सञ्चालन गर्न मिल्ने ठूलो हल र दुईवटा कार्यालय निर्माण गरेको छ ।
उक्त्त भवनको गण्डकी प्रदेश सरकारले ३७ लाखमा निर्माण गरेको हो । भिमाद नगरपालिकाबाट १५ लाखमा मिछुर्लुङ सेमिनार हल निर्माण गरेको छ । मिछुर्लुङ सामुदायिक होमस्टेको अग्रसरतामा पर्यटन पूर्वधार कार्यक्रम मार्फत मिछुर्लुङ बहुउदेश्यीय भवनको निर्माण भएको हो ।