अर्घाखाँचीमा जिप दुर्घटना-दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अर्घाखाँचीमा जिप दुर्घटना-दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०८१, आईतवार

    अर्घाखॉची, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका ३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अनसार जिप अनियन्त्रीत भई सडकबाट दुईसय ५० मिटर खसेको छ। मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल छन्।