दमौली, २४ चैत । विविध माग राखी काठमाडौमा जारी शिक्षकहरुको आन्दोलनमा तनहुँबाट दुई हजार शिक्षकहरुले सहभागिता जनाएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा तनहुँका दश वटै स्थानीय तहबाट शिक्षकहरुले समर्थन सहित सहभागिता जनाएका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका सचिव रिदय भट्टले आन्दोलनमा शिक्षकको सहभागिता बढ्दो रहेको बताए ।
शिक्षकहरु चैत २० गतेदेखि आन्दोलनरत छन् । शिक्षकहरुले माग पूरा गराउन शैक्षिक हड्तालको घोषणा गरिसकेका छन् ।