दमौली, २४ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमबार दमौली आउने भएका छन् । तरुण दल तनहुँले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महामन्त्री थापा दमौली आउन लागेका हुन् ।
तरुण दलले तरुण यात्रा पुस्तक विमोचन र प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।