तीनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८१, मंगलवार

    काठमाडौ, २६ चैत । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने बताएका छन् ।

    तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । मंगलबार अध्यक्ष गुरुङले दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै यस्तो बताएका हुन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।