काठमाडाै, २६ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले लगातार अग्रता लिइरहेका छन् ।
पछिल्लो नतिजाअनुसार मिश्रले २३४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले १२०० मत प्राप्त गरेका छन् ।
यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ११, आशिष पौडेलले २१ र उज्वल घिमिरेले ९ मत पाएका छन् ।
उपाध्यक्षमा पदमप्रसाद लिम्बूले २४९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ९३० मत ल्याएका छन् ।
अर्को उपाध्यक्षमा अजय शंकर झाले २४९३ मत पाएका छन् भने प्रमोद प्रसादले ९१३ मत पाएका छन् ।
२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जनाबीच चुनाव भएको थियो । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।