बन्दीपुरमा ९० वटा कुकुरको बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा ९० वटा कुकुरको बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८१, बुधबार

    दमौली, २७ चैत । बन्दीपुर गाउँपालिकाभित्रका ९० वटा कुकुरको बन्ध्याकरण गरिएको छ। गाउँपालिकाले मंगलबार र बुधबार गरी ९० कुकुरको बन्ध्याकरण गरेको हो।

    पहिलो दिन ६९ र दोस्रो दिन २१ कुकुरको बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाइएको छ।

    सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेकाले नियन्त्रणका लागि बन्ध्याकरण शिविर गरिएको जनाइएको छ ।