काठमाडौ, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
१८६ रनको विशाल लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ५० बलमा ८१ रन बनाए । शेखले ३८ बलमा ५३ रन बनाए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।