रास्वपा शुक्लागण्डकी-६ को सभापतिमा मिन, ७ मा डिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा शुक्लागण्डकी-६ को सभापतिमा मिन, ७ मा डिल

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८१, शनिबार

    दमौली, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी-६ को सभापतिमा मिनबहादुर लामिछाने चयन भएका छन् । शनिबार भएको वडा भेलाले लामिछानेको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।

    वडा समितिको उपसभापतिमा संयोग सुनार, सचिवमा सुनिता, सदस्यहरुमा दीपक नेपाली, विवेक बस्याल, दिवस परियार, गणेशबहादुर बस्नेत, हरिमाया थापा, दुर्गा कुमाल र अमृत पौडेल चयन भएका छन् ।

    यस्तै शुक्लागण्डकी-७ को सभापतिमा डिलबहादु गुरुङ, उपसभापतिमा रुप बहादुर अर्याल र सदस्यहरुमा झलकबहादुर कार्की, रिता पौडेल, डम्बरबहादुर विक, झलक बहादुर कामी, होमबहादुर थापा र बुद्धि बहादुर लामा चयन भएका छन् ।