एमाले-कांग्रेस सरकार ढल्दैन, २०८४ सम्मै टिक्छ : महामन्त्री थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले-कांग्रेस सरकार ढल्दैन, २०८४ सम्मै टिक्छ : महामन्त्री थापा

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    बारा, ३ वैशाख । सरकारले काम गर्न सकेन भनेर आलोचना गरिरहेका कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने बताएका छन् । सरकार सञ्चालनका लागि बनाइएको द्विदलीय संयन्त्रका सदस्यसमेत रहेका महामन्त्री थापाले बुधबार बाराको बडहर्वामा आयोजित कार्यक्रममा बाहिर जस्तोसुकै हल्ला भए पनि सत्यता नभएको बताएका हुन् । 

    सत्ता गठबन्धन रहिरहने दाबी गर्दै सरकारको कार्यशैली सुधार गर्नुपर्ने उनले बताए । कांग्रेस–एमालेमा खटपटले सरकार ढल्ने चर्चा भइरहेकै बेला उनले सरकार नढल्ने दाबी गरेका हुन् । ‘सरकार ढल्दैन, २०८४ सम्मै जान्छ,’ उनले भने, ‘तर सरकारको कमीकमजोरीलाई परिमार्जन गरेर लगिने छ ।’ 

    संघीय सांसदसमेत रहेका थापाले सरकार जनताको चाहना र भरोसाको काम गर्न चुकेको भए पनि अब सुधार गरेर अघि बढ्ने र गठबन्धनलाई सुदृढ गरेर जानुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।