श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत, अनुराधा पाण्डेयको विदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत, अनुराधा पाण्डेयको विदाई

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    पाेखरा, ४ वैशाख । पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।

    बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैबीच उनको कथा प्रवचन भोलि समापन हुदै छ । अनुराधा पाण्डेयलाई भोलि यस कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।

    संगसंगै भोलि नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन हुदै छ । भोली देवी प्रतिभालाई पोखरामा स्वागत गर्ने कार्यक्रम रहेको छ । देवी प्रतिभा काठमाडौं आइसक्नुभएको भोलि बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

    यता यथास्थानमा भोलि बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । त्यस्तै दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
    भोलि देवी प्रतिभा जीलाई स्वागत गर्नको लागि सम्पूर्ण पोखराबासीहरुलाई आयाेजकले आग्रह गरेकाे छ ।