काठमाडाै, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।
बैठकले कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकेको छ । त्यस्तै, मधेस प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्जमा शिशिर खनाल तोकिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशको इन्चार्जमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।
प्रदेश र जिल्ला कमिटीहरूलाई अझै सक्रिय बनाउने उद्देश्यले रास्वपाले प्रदेश इन्चार्ज तोकेको हो ।