दमौली, ६ वैशाख । नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा तनहुँमा शैक्षिक सामग्री र फलफूल वितरण गरिएको छ ।
नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई र स्ववियु क्याम्पस इकाईले शनिबार व्यास–१ विज्ञानचौरस्थित सहिद चन्द्र नेपाली छात्रावासमा शैक्षिक सामग्री र व्यास–५ बेनिपाटनस्थित वृद्धाश्रममा फलफूल वितरण गरेको हो । स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको जनाइएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता सोन आले, स्ववियु सभापति अनुप आले, स्ववियु सचिव सागर पाण्डे लगायत सहभागी थिए ।